| सोमवार, कार्तिक २३, २०८३

शुक्रबार गोरखाका ६ जनामा कोरोना संक्रमण

गोरखाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला भित्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार गोरखा अस्पतालकमा दुई जना महिला र जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पालुङटार नगरपालिका एक पुरुष र एक महिलामा र आरुघाटको एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । शुक्रबार नौ जनाको रिपोर्ट प्राप्त भएमध्य ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । एन्टिजेन परिक्षणको क्रममा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रबार २९ जनाको नमूना संकलन गरिएको बताइएको छ । जिल्लामा २१ वर्ष देखि ३० वर्ष सम्मको उमेर समूहलाई बढी कोरोना देखिएको छ । २०७८ पौष १ गते देखि हाल सम्म जिल्लमा २४ जनाको पिसिआर र ७४ जनाको एन्टिजेन मार्पmत नमूना संकलन गरेको थियो । ति मध्य ४ पिसिआर परिक्षण र २७ जना एन्टिजेन परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अर्यालले जानकारी दिए ।

उनका अनुसार हाल सम्म ६ जना निको भएर घर फर्किसकेको छन् । जिल्लामा कोरोना पोजेटिभको दर ३१.६३ प्रतिशत रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्