| सोमवार, कार्तिक २३, २०८३

गोरखामा बिहिवार ११ जनालाई कोरोना

गोरखामा बिहिवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा अस्पतालमा ऐन्टिजेन जाँचबाट सात जना पुरुष दुई जना महिला र आरुघाट गाउँपालिकामा दुई जना पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी फोक पर्सन नारायणबाबु अर्यालले बताए ।

गोरखा अस्पतालमा ११ पुरुष र दुई जना महिलाले बिहिवार एन्टिजेनबाट कोरोना भए नभएको जाँच गराएका थिए ।

यससँगै गोरखामा संक्रिय संक्रमितको संख्या २२ पुगेको छ । सक्रिय संक्रमितहरु होम आइशोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्