
पृथ्वीजयन्तीमा पत्रकारमहासंघद्धारा दीप प्रज्वलन, निर्माण ब्यवशायी संघद्वारा फलफुल बितरण
तीन सय औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम भएको छ । गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वी नारायण शाहको शालिक अगाडि दीप प्रज्वलन कार्यक्रम भएको हो ।
पृथ्वी जयन्तीको अवसरमा आयोजित सबै कार्यक्रम सकेर मंगलबार साँझ गरिएको दीप प्रज्वलनमा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विना कुमारी श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायत पत्रकार, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
निर्माण ब्यवशायी संघ गोरखाको समन्वयमा गोरखा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । तीन सय औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिबसको अवसरमा अस्पताल भित्र भर्ना भएका पाँच जना बिरामीलाई फलफुल बितरण गरिएको कार्यालय सचिव उमेश अर्यालले बताए । उक्त कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, निर्माण ब्यवशायी संघका निर्वतमान अध्यक्ष बाबुराम श्रेष्ठ, महासचिव भोला मरहट्टा लगायतको उपस्थिती थियो ।




