कोभिडबाट जोगाउने योजना खै !
कोभिड १९ को पहिलो लहर नेपालमा फैलिँदा पहिले छिमेकी देश भारतमा ब्यापक भएको थियो । त्यस लगत्तै नेपालका सिमावर्ती जिल्लामा पनि यसको प्रभाव प¥यो । मंगलवार मात्रै गण्डकी प्रदेशमा दुई सय जना संक्रिय संक्रमित छन् । गोरखामा सात ६ जना संक्रमित छन् तर तेस्रो भेरिएन्ट (ओमिक्रोन) हो, होईन भन्ने यकिन भईसकेको छैन । तथापी कोभिड फेरी बढिरहेको संकेत भने देखिन्छ ।
अन्यत्र कोभिड १९ को नयाँ भेरिएन्टको संक्रमण बढेको छ । ज्वरो, रुघाखोकीका कारण स्वास्थ्यमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास बढेको छ । कतै अहिले ब्यापक फैलिएको कोभिड १९ को तेस्रो भेरिएन्टको प्रभाव त परेन भन्ने चिन्ता मानिसहरुमा छ । कोरोना पोजेटिभ देखिए लगत्तै कुन भेरिएन्ट हो भन्ने पहिचान जिल्लामा हुँदैन । यसका लागि काठमाण्डौँ पठाउनुपर्छ । रिपोर्ट तत्काल नआउने हुँदा मानिस ढिला गरि सचेत हुन्छन् ।
अहिले धेरैजसोले खोप लगाईसकेकाले बानि ब्यवाहारमा पनि हेलचेक्राई गरिरहेका छन् । खोप लगाउँदैमा तेस्रो भेरिएन्टले असर नगर्ने भन्ने हुँदैन । कोरोना खोपको पूर्ण मात्रा लगाएकालाई नलाग्ने होईन तर खोप लगाउँदै नलगाएकालाई भन्दा स्वास्थ्यमा समस्या कम हुन सक्छ । त्यसैले सबैभन्दा पनि खोप नलगाएका र पुरा मात्रा लगाउन बाँकी भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउनु अनिवार्य छ ।
जिल्लामा मेला महोत्सव लगायत बिभिन्न भिडभाड हुने खालका गतिविधी भईरहेको छ ।
मानिस धेरै जमघट हुने खालका कार्यक्रमले कतै कोरोनाको तेस्रो भेरिएन्ट बढाउने त होईन भन्ने चिन्ता पनि धेरैमा छ । सरकारले विद्यालय समेत बन्द गरिसकेको अवस्थामा जिल्ला स्थित प्रशासन, सरोकार राख्ने कार्यालयहरु, स्थानीय सरकारले तत्काल कोरोनाको तेस्रो भेरिएन्टबाट जोगाउन योजना बनाउनुपर्छ ।
मानिसको भिडभाड, सम्पर्कबाट सर्ने यो रोगलाई फैलन नदिन बिभिन्न देशहरुमा लागु गरिएका उपाएहरु, सुरक्षाका नियम पालन गर्न गराउन तर्फ सबैको ध्यान जानु जरुरी छ । अहिले बेवास्था गर्ने, योजना नबनाउने अनि एक्कासी रोग फैलियो भने के गर्ने ?




