
तनहुँमा काैडा खेलिरहेका १५ जना नगदसहित पक्राउ
कौडा खेलिरहेकाे अवस्थामा नगदसहित तनहुँमा १५ जना पक्राउ परेका छन् ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति तनहुँकाे ब्यास नगरपालिका-११ मझाङदीस्थित ४५ वर्षीय नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको मझाङदी कटेजमा जुवा (कौडा) खेलि रहेका १५ जनालाई नगद र काैडासहित पक्राग गरेकाे हाे ।
उनीहरुकाे साथबाट नगद १ लाख ७५ हजार ४० रुपैया र १६ वटा (गोटी) कौडासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।




