| बुधबार, चैत्र ६, २०७५

budi-gandaki-hydro

बुढीगण्डकी आयोजनामा ढिलाई हुन्न ः मन्त्री पुन

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न ढिलाई नगर्ने प्रतिवद्धता जनाएको छ । ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका हुन् । आयोजना सरोकार समितिका पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा उनले आयोजना प्रभावितहरूलाई उचित क्षति पूर्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन् । मन्त्री पुनले आयोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने विषयमा विस्तृत छलफल भएपछि आयोजना निर्माणको काम अघि बढने र जग्गाको मुआब्जा लगायतका समस्या समाधान हुनेमा शंका नगर्न पनि सरोकार समितिका पदाधिकारीलाई आग्रह गरेका थिए ।

उनले बुढिगण्डकी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणका लागि सरकारले समयसीमा नै निर्धारण गरेर अघि बढाउने तयारी गरिरहेको पनि जानकारी दिए । सरोकार समितिका पदाधिकारीहरूले भने आयोजना निर्माणमा ढिलाई नगर्न मन्त्री पुनसँग आग्रह गरेका थिए । उनीहरूले जग्गाको मुआब्जा वितरण र प्रभावित हरूलाई उचित क्षेतिपूर्ति दिन पनि सरकारसँग माग गरेका थिए ।

आयोजना निर्माणका लागि दवाव दिने उद्देश्यले प्रभावित क्षेत्र धादिङ र गोरखाका ३ वटा सरोकार समितिले शुक्रबार ऊर्जामन्त्री पुनलाई भेटेर आयोजना निर्माणमा ढिलाई नगर्न आग्रह गरेको हो । आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरेराम ढकालले आयोजना प्रभावित क्षेत्रका जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई दवाव दिनु परेको बताए । सबै क्षेत्रका डुवान पिडितहरुले समयमै मुआब्जा पाउनुपर्ने भन्दै आन्दोलनको कार्यक्रमहरु समेत भइरहेको छ ।

Loading...
प्रतिक्रिया दिनुहोस्