| सोमवार, कार्तिक २३, २०८३

गोरखा जेसीजको अध्यक्षमा शैलेन्द्र भट्ट

गोरखा जेसीजको अध्यक्षमा शेलेन्द्र भट्ट चयन भएका छन् । गोरखा सदरमुकाममा शुक्रबार भएको गोरखा जेसिजको ४१ औँ वार्षिक साधारण सभा तथा ४१ औँ शाखा अधिवेशनबाट भट्टलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा काजीराम दानी, सुमन गुरुङ र उपाध्यक्षमा रचन परियार, निरज कट्टेल, प्रमोदजंग कुँवर, सुजित श्रेष्ठ सर्वसम्मत चयन भएका छ । त्यस्तै सहसचिवमा ऋषि श्रेष्ठ चयन भएको समितिले जनाएको छ । अन्य पदमा भने आगामिको बोर्ड वैठकले निर्णय गर्ने बताइएको छ ।
कार्यक्रम वर्ष २०२१ का महासचिव राजेश श्रेष्ठले महासचिव प्रतिवेदन र कोषाध्यक्ष सुमन गुरुङ कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । वर्ष २०२१ का अध्यक्ष प्रविन बस्नेतको अध्यक्षता तथा गोरखा जेसिजका पूर्व अध्यक्ष धिरज बहादुर मास्केको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्