| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्यकर्मीलाई सम्मान

प्रहरी कार्यालयभित्रका प्रहरी कर्मचारीलाई समय–समयमा स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर संचालन गरेबापत जिल्ला प्रहरी कार्यालय गोरखाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।

दन्तरोग विशिषज्ञ डाक्टर अंकित जैसवाल र संगम मेडिहेल्थ क्लिनिककका प्रबन्ध निर्देशक संगमबाबु श्रेष्ठलाई प्रहरी कार्यालयले सम्मान गरेको हो ।
सोमबार गोरखाका प्रहरी प्रमुख शेखर खनालले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । उनीहरुले अझै आगामी दिनमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरी प्रहरीहरुको जनरल चेकजाँच, ब्लड सुगर, ब्लडप्रेसर र विएमआई चेकजाँच गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्