
नेपाल नेत्रहीन संघको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
नेपाल नेत्रहीन संघ गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रहीन संघ पुनस्र्थापना कार्यक्रम गोरखाको आयोजनामा गोरखा सदरमुकाममा सोमबार कार्यक्रम भएको हो ।
कार्यक्रममा अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका बाहेकअन्य आठ वटा पालिकामा भएका अपाङता भएका व्यक्ति अवस्थाका बारेमा तथ्यांक प्रस्तुत गरेका थिए । जसमा आठ पालिकाका अपाङ्गता भएका व्यक्तिहरु ६६ प्रतिशत शिक्षाबाट बन्चित रहेको बताएको छ । त्यस्तै, ९३ प्रतिशत कुनै संघसंस्थामा आबद्ध नभएको, ७३.४ प्रतिशतले अपाङता परिचय पत्र समेत नलिएको पाएको नेत्रहिनसंघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमारले गुरुङले अपाङता भएका व्यक्तिहरुका लागि राज्यले नीति, नियम बनाएको तर व्यवहारमा लागु नभएको बताए । राज्य बनाएको कानुन तपाइहामीले नै व्यवहारमा लागु गर्नमा उनले जोड दिए । जिल्लाका सबै स्थानीयत तहमा अपाङता भएका व्यक्तिहरुको तथ्यांक संकलन गर्नुपर्ने र सोहि तथ्यांकको आधारमा सरकारी तथा गैरसरकारी संस्था आवश्यक नीति, नियम, कार्यक्रमहरु बनाउनुपर्ने प्रमुख गुरुङले बताए ।
संघ अध्यक्ष पवन कुमार बस्नेतले अपाङता भएका व्यक्तिहरु परिचय पत्र बनाउन सदरमुकाम सम्म आउने गरेकोले संघले उनीहरुलाई परिचय पत्र बनाउन सहजीकरण गरिदिने गरेको बताए । अपाङता भएका व्यक्तिहरुको हकहितका लागि काम गरिरहेको बताउदै संघले अहिले आफ्नै भवन निर्माण गर्न सफल भएको समेत उनले जानकारी दिए । कार्यक्रममा नेत्रहिन संघ केन्द्रिय अध्यक्ष सुरेश चन्द्र न्यौपाने दृष्टिविहिन बालबालिकाहरुलाई कम्युटर सम्बन्धी तालिम दिने गरेको बताए । कार्यक्रमलाई राष्टिूय अपाङता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष पवन बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समनवय समितिका उप्रमुख जानुका श्रेष्ठ, नेत्रहिन संघ केन्द्रिय अध्यक्ष सुरेश चन्द्र न्यौपाने, प्रगतिशी अपाङतासघ गोरखाका अध्यक्ष अमर गुरुङ, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार लगायतले कार्यक्रममा मत्व्य राखेका थिए ।




