| सोमवार, कार्तिक २३, २०८३

अन्तराष्ट्रिय मावन अधिकार दिबसको अवसरमा गोरखामा बिभिन्न कार्यक्रम

७३ औ अन्तराष्ट्रिय मानव अधिकास दिवसको अवसरमा शुक्रवार गोरखामा विभिन्न कार्यक्रम भएको छ । नेपाल मानव अधिकार संगठन गोरखा शाखाको संयोजन र राष्टिूय मानव अधिकार सरोकार केन्द्र, सोच नेपाल, एमनेष्टी इन्टरनेशन समूह ७६, एमनेष्टी इन्टरनेशनल समूह ४२, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार सञ्जाल (इन्सेक), पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा मनवअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अधिवक्ता एवं एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७६ का अध्यक्ष रमेश अधिकारीले मानव अधिधकार संम्बन्धी अवधारण पत्र प्रस्तुत गरेका थिए । ‘सबै मानव सबै समान’ नारा सहित मावन अधिकारका लागि सुशासन र राजीतिक स्थायित्व हुनुपर्नेमा उनले जोड दिए । अवधारणपत्र प्रस्तुत गर्दै अधिकारीले गोरखामा कारागारका बन्दीहरुको दयनीय अवस्थामा रहेको, द्धन्द्ध पीडितले हाल सम्म पनि न्यान पाउन नसकेको बताए । त्यस्तै, जिल्लामा शान्ति सुरक्षाको अवस्था अपेक्षित अनुसार सुधार हुन नसकेको, मानव अधिकार उलंघन र अवज्ञाका घटनाहरु दिनप्रति दिन बढि रहेको बताए ।

कार्यक्रम सहभागिता अधिकांश वक्ताहरुले राज्यको संविधानमा मानव अधिकार सम्बन्धी कानुन उल्लेख भएता पनि कार्यान्वय पक्षमा ध्यान नदिना जनताले न्याय नपाएको बताएका थिए । नेपाल मानव अधिकार संगठन गोरखा शाखाका अध्यक्ष डिल बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय सहयाक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लगायतले धारणा राखेका थिए ।

बालबालिका अवैध स्थानान्तरण लाई न्यूनीकरण गर्नुपर्नेमा जोड

गोरखामा बालबालिकाको अवैध रुपमा हुने गरेको स्थानान्तरणलाई न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शक्ति समूहको आयोजना, गोरखा नगरपालिकाको समन्वय तथा एक्पट लक्जम्बर्सको सहयोगमा शुक्रबार गोरखा सदरमुकाममा भएको एक दिने कार्याशाला गोष्ठीमा सहभागीहरुले बालबालिकाको अवैध स्थानान्तरणलाई न्यूनीकरण गर्नुपर्ने बताएका हुन् ।
बाल संरक्षण तथा मानव बेचविखन बिरुद्धको सवालमा स्थानीय सरकारको काम, कर्तव्य तथा अधिकार सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको कार्यक्रमको समन्वयकर्ता शिबहरी तिमल्सिनाले बताए ।

कार्यक्रम पश्चात गोरखामा बाल संरक्षण लागि सबै स्थानीय तहमा कार्यविधि निर्माण गर्ने, बाल अधिकार समिति गठन गर्ने,स्थानीय सरकारको पहलमा बाल कोष खडा गर्ने निर्णय भएको शक्ति समूहको व्यवस्थापन समितिका सचिव दिलिप कोइरालाले जानकारी दिए । त्यस्तै, मावन बेचविखन न्यूनीकरणका लागि स्थानीय सरकारले खेल्नुपर्ने भूमिका, मानव बेचखविरुद्ध सरकारी नीतिका बारेमा पनि छलफल भएको थियो । गोरखाका विभिन्न स्थानबाट बालबालिकाको अवैध स्थानान्तरण भइरहेकोले यसलाई न्यूनीकरण गर्नुपर्ने बालअधिकार परिषदको क्षेत्रिय प्रतिनिधि बद्री प्रसाद वाग्लेले बताए ।

यस अघि भौतिक विकास निर्माणमा मात्र धेरै ध्यान गएको बताउँदै नगरपालिका उप्रमुख विना कुमारी श्रेष्ठले अब विभिन्न संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा बालअधिकार सम्बन्धी कार्यविधि निर्माण गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताईन ।
शक्ति समूहको व्यवस्थापन समितिको सचिव एवं अधिवक्ता दिलिप कोइराला, बालअधिकार परिषदको क्षेत्रिय प्रतिनिधि बद्री प्रसाद वाग्ले, गोरखा नगरपालिका उप्रमुख विना कुमारी श्रेष्ठ, कार्यक्रम संचालन परियोजनाका व्यवस्थापक सरला तामाङ लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शक्तिसमुहका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

गोरखा क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखा क्याम्पसमा ७३ औ अन्तराष्ट्रिय मानव अधिकास दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा क्याम्पस र मानव अधिकार सञ्जाल गोरखाको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सन्जाल गोरखाका संयोजक यदु प्रसाद अधिकारीले प्रतिवदेन प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रमलाई क्याम्पसका प्राध्यापक ईश्वर चौहानले सहजीकरण गरेका थिए ।
क्याम्पस प्रमुख रामशरण बानियाँको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका कर्मचारी, विद्यार्थी लगायतको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्