| सोमवार, कार्तिक २३, २०८३

लागु औषध ओसारपोसारको आरोपमा गोरखाका दुई जना सहित ६ जना पक्राउ

कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट अवैध लागु औषधसहित छ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका – ५ मालेपाटनबाट तीन जना, पोखरा –८ सृजनाचोकबाट दुई जना र पोखरा–९ पृथ्बीचोकबाट एकजना गरी छ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

तिवारीका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङ्टार नगरपालिका – ८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती, आरुघाट गाउँपालिका – ५ घर भएका वुद्ध कार्की र खोटाङ जिल्ला जन्तेढुंगा गाउँपालिका – ५ स्थायी घर भएका मिलन राई छन्।

प्रहरीले उनीहरुको साथबाट डाईजापाम – ९ एम्पुल, फेनेरागन – ९ एम्पुल फेनेरागन र नुर्फिन – ९ एम्पुल गरी जम्मा २७ एम्पुल लागु औषध वरामद गरेको छ।

यस्तै, सृजनाचोक बस्ने विश्व गिरी र पोखरा – १४ छिनेडाँडा बस्ने सुनिल परियारको साथबाट डाईजापाम – ३१ एम्पुल, नुर्फिन – ३१ एम्पुल र फेनेरागन ३१ एम्पुल वरामद गरेको छ। भने, माछापुछ्रे गाउँपालिका वडा नं – ४ लाहाचोक घर भइ पोखराको पृथ्बीचोक बस्दै आएका सुवास रानामगरको साथबाट डाईजापाम – १५ एम्पुल, नुर्फिन – १५ एम्पुल र फेनारगन – १५ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया दिनुहोस्