| सोमवार, कार्तिक २३, २०८३

पारिवारिक निजी वन संघ गोरखाको अध्यक्षमा अर्याल

पारिवारिक निजी वन संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा कविता अर्याल चयन भएकी छिन् । गोरखा सदरमुकाममा मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनले अर्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । समिति उपाध्यक्षमा सन्तोष दवाडी, सचिवमा शम्भु थापा सहसचिवमा सकुन्तला खत्री र कोध्यक्ष प्रेम राज कट्टेल चयन भएको उपाध्यक्ष सन्तोष दवाडीले जानकारी दिए ।

अधिवेशनका क्रममा पारिवारिक निजी वनको सम्भावना, अवसर र चुनौतीका बारेमा अन्तरसंवाद भएको थियो । कार्यक्रममा सहभागि अधिकाशले लालपुर्जा भएको जग्गामा आपैmले हुर्काएको बोटविरुवा उपभोग गर्न पाउनुपर्ने माग गरेका छन् ।
भूकम्पको बेलामा बाहिरबाट काठ आयात गर्नुपर्ने तर झन्झटिलो कानुनी प्रक्रियाका कारण जिल्ला भित्रको करोडौँ मूल्य पर्ने काठ वनमै खेर गइरहेको उनीहरुको गुनासो छ ।

No description available.

कार्यक्रममा सचिव शम्भु थापाले संस्था सदुढीकरण प्रतिवेदन र कोषाध्क्ष प्रेमराज कट्टेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका निवर्तमान अध्यक्ष भरत कट्टेलको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, डिभिजन वन कार्यालय गोरखा सहायक बन अधिकृत होम बहादुर बल्छौडी, संघको केन्द्रिय कोषाध्यक्ष राजेन्द्र भट्ट, सदस्य सानुमाया बस्नेत, सामुदायिक वन उपपभोक्ता महासंघ गोरखा अध्यक्ष कमल लामिछाने, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्