
नेकपा एमाले गोरखाको बधाई तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न
नेकपा एमाले गोरखाको बधाई तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटी गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा मंगलबार बधाई तथा सपथ ग्रहण कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमालेको १० औँ महाधिवेशनमा गोरखाबाट केन्द्रिय सदस्य पदमा निर्वाचित रामशरण बस्नेत, सम्झना देवकोटालाई बधाई एवं शुभकामना सहित सम्मान गरिएको पार्टीको जिल्ला कमिटी सचिव कृष्ण नेपालीले बताए । एमालेको पालिकास्तरमा चयन भएका पदाधिकारीलाई पनि सपथ ग्रहण गराइएको उनले बताए ।
त्यस्तै, मंगलबार बसेको पार्टीको वैठकले जिल्ला, स्थानीय तह र वडाका सदस्यहरुलाई कार्य विभाजन गरी जिम्मेवारी तोकेको छ । पुस १ गते देखि १० गते सम्म जिल्लाका सबै स्थानीय तहमा वैठक सम्पन्न गर्ने, हरेक टोल टोलमा कमिटी निर्माण गर्ने वैठकले निर्णय गरेको सचिव नेपालीले जानकारी दिए । कार्यक्रमलाई सचिव नेपालीले सहजीकरण गरेका थिए ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष प्रेम गुरुङको अध्यक्षता तथा केन्द्रिय रामशरण बस्नेत, सम्झना देवकोटा लगायले मन्तव्य राखेका थिए ।




