
प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा गोरखाबाट ३ जना निर्वाचित
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार निर्वाचित भएका छन् । चितवनमा आइतबार सम्पन्न भएको सेन्टरको चौथो राष्ट्रिय अधिबेशनबाट गोरखा जिल्लाबाट ३ जना पत्रकार केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अघिबेशनबाट गोरखाबाट पत्रकार दिपक श्रेष्ठ (जलन), राजेन्द्र न्यौपाने र संगिता चेपाङ सर्वसम्मत निर्वाचित भएका हुन् । नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठ यस अघि संगठनको केन्द्रीय सदस्य थिए भने गण्डकी प्रदेश समितिको सह–संयोजक समेत थिए।
अधिबेशनबाट संगठनको केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा (जुगल) सहित १९१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित भएका छन् । त्यस बाहेकका पदाधिकारीको निर्वाचन हुन भने बाँकी छ । प्रेस संगठनको बिधानले केन्द्रीयहरु निर्वाचित भएपछि निर्वाचित केन्द्रीय सदस्यहरुबाट नै अध्यक्ष सहितको पदाधिकारीहरु निर्वाचत गर्ने भएकाले पहिलो बैठकबाट बरिष्ठ उपाध्यक्ष सहित ३७ पदाधिकारी निर्वाचित गर्नेछ ।




