| सोमवार, कार्तिक २३, २०८३

राजेन्द्र पराजुली दम्पतीबाट भीमोदय क्याम्पसमा अक्षयकोश स्थापना

आरुघाट गाउँपालिका ७ का राजेन्द्र पराजुली दम्पतिले आरुघाको भीमोदय बहुमुखी क्याम्पसमा अक्षयकोश स्थापना गरेका छन् ।

आफू संरक्षक रहेको सो क्याम्पसमा उनले आफ्ना दिवंगत आमाबुबा डम्बरबहादुर पराजुली र देवकुमारी पराजुलीको सम्झनामा तीन लाख ११ हजार १ सय ११ रुपियाँको अक्षयकोश स्थापना गरेका हुन् ।

व्यवसायिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय रहेका पराजुलीले केही दिनअघि क्याम्पसमा अक्षयकोष स्थापना गरेका क्याम्पस प्रमुख डाक्टर वीरेन्द्र पुडासैनीले जानकारी दिए ।

शिक्षा क्षेत्रको विकासले सामाजिक चेतना जागरणमा महत्वपूर्ण भूमिका खेल्ने ठानेर आफूले क्याम्पसमा अक्षयकोष स्थापना गरेको पराजुलीले बताएका छन् ।

जनता समाजवादी पार्टी गोरखाका जिल्ला उपाध्यक्ष पराजुलीले भूकम्प, नाकाबन्दी, कोरोना, बाढिपहिरो लगायतका विभिन्न दुर्घटनाका पीडितहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
यसअघि उनले दरबार मावि आरुपोखरीमा इन्टरनेट सेवा उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्