| सोमवार, कार्तिक २३, २०८३

चुम्चेत छेकम्पारमा खच्चडबाट दैनिक खाद्यान्न लगिँदै

लोक्पाको ङुयुखोलामा झरेको पहिरोका कारण चुम्चेत र छेकम्पारमा लामो समयदेखि खाद्यान्न अभाव भयो । अहिले पनि राम्रोसँग पहिरो पन्छ्याइएको छैन । तर जोखिम मोलेर सर्वसाधारण यात्रा गरिरहेका छन् भने खाद्यान्न, निर्माण सामग्री लगायत अन्य उपभोग्य सामग्री खच्चडबाट ढुवानी गरिरहेका छन् ।

कात्तिक २९ गतेदेखि लोक्पाको पहिरो हुँदै खच्चड आउजाउ गरिरहेका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘दैनिक ३० देखि ५० वटा खच्चड आवतजावत गरिरहेको छ’, सिर्दिबास प्रहरीबाट प्राप्त जानकारीलाई उधृत गर्दै प्रजिअ आचार्यले भने, ‘स्थानीय ब्यापारी ब्यवशायीले खच्चडमार्फत खाद्यान्न र निर्माण सामग्री ढुवानी गरिरहेका छन् ।’

मंसीर २ गते ७२ वटा खच्चड, ३ गते ४४, ४ गते ५२ वटा, ५ गते ५२, ६ गते ४४ वटा, ७ गते ५२, ८ गते ४० वटा, ९ गते ३५, १० गते २२ वटा, ११ गते ३३ वटा, १२ गते ४३ वटा, १३ गते ४२ वटा खच्चडले पहिरो वारपार गरेका प्रहरीको भनाइ छ । यी सबैले खाद्यान्न बोकेर गएको प्रहरीले जनाएको छ ।

यी सबै खच्चडले स्थानीय व्यापारीको पसलको दैनिक उपभोग्य सामग्री बोकेर गरेको हो । खच्चड आउजाउ गरेपनि लोक्पाको पहिरो भरी त्रासै त्रासमा हिँड्नुपरेको गुनासो ब्यवशायीको छ । सर्वसाधारण पनि उक्त बाटो भएर हिँड्न निकै डर भएको बताउँछन् । जतिसुकै बेला पहिरो जाने, बाटो अवरुद्ध हुने, ढुङ्गा खस्ने संभावना भने उच्च छ ।

प्रतिक्रिया दिनुहोस्