| सोमवार, कार्तिक २३, २०८३

आरुघाटमा मध्यराती आमाछोरीलाई निर्घात कुटपिट गर्ने पुरुष पक्राउ

ज्यान मार्ने उद्योगमा गोरखाको आरुघाटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका ९ आरुघाट बजार स्थित खाजा नास्ता पसल संचालन गरि बस्ने वर्ष वर्ष २७ कि शर्मिला गुरुङ र उनको ६ वर्षिय छोरी रोशिला गुरुङलाई निर्घात कुटपिट गरेको आरोपमा २५ वर्षिय युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका र हाल गोरखाको आरुघाट ४ कोखटारमा घर निर्माणको काम गर्दै आएका २७ वर्षिय दिपान्सु कुमार शाह रहेका छन् । मादक पदार्थ सेवन गरेर शाहाले पसल खोल्न आग्रह गरेको पसल धनीले नमानेपछि तोडफोड गरी घर भित्र रहेका आमा छोरीलाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । मरणासन्न हुने गरी भएको कुटपिटबाट घाईतेको उपचारका लागि शर्मिला र रोशिलालाई काठमाण्डौँ लगिएको डिएसपी प्रकाश दाहालले बताए ।

उनीहरुको टाउको, आँखामा गम्भिर चोट लागेको छ । कुटपिटबाट घाईते आमा छोरीलाई स्थानीयले राती नै उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए ।
निज शाहलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्