
मावन सेवा आश्रम भवन निर्माणका लागि आर्थिक सहयोग
गोरखा नगरपालिका ८ मा निर्माधिन रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरिएको छ।
सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन गोरखाले भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।
मनव सेवा आश्रम गोरखाका व्यवस्थापक मुना लामा अनुसार संस्थानले ५५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका थिए ।
संस्थानका अध्यक्ष पुत बहादुर गुरुङ सहित टोलीले बन्दै गरेको भवनमै पुगेर रकम हस्तान्तरण गरेका थिए ।




