| सोमवार, कार्तिक २३, २०८३

मददाता नामावली संकलनलाई अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला निर्वाचन कार्यालय गोरखाले यहि मंसिर १७ गतेबाट पालिका स्तरमा सुरु हुने मतदाता नामावली संकलनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, नागरिक समाज, विभिन्न गैरसरकारी संस्था लगायकासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा मतदाता नामावली दर्ता, संकलन गर्ने प्रक्रिया, आवश्यक कागजात, नामावली संकलन गर्ने स्थान, अवधि लगायतका बारेमा जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइरालाले बताए । मंसिर १७ गतेबाट पालिका स्तरमा हुने मतदाता नामावली संकलनलाई थप व्यवस्थित, छिटो छरितो तरिकाले काम सम्पन्न गर्न सबैसँग राय सल्लाह मागिएको पनि उनले बताए ।

यस्तै ११ स्थानीय तह रहेको गोरखामा हरेक पालिकाको केन्द्रमा मंसिर १७ गतेबाट मतदाता नामावली संकलनका लागि कर्मचारी खटाइने छ । यसका लागि कार्यालयबाट एक जना अनुभवी कर्मचारी र पालिका तीन जना गरी एउटा पालिकामा चार जना परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ । जनशक्ति र स्रोतसाधन अभावका कारण वडास्तरमा जान नसकिकाले पालिका केन्द्रबाट मतदाता नामावली संकलन हुने भएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्