| सोमवार, कार्तिक २३, २०८३

मानव अधिकार तथ्याङ्क ब्यवस्थापन संम्बन्धी अभिमुखिकरण कार्यक्रम

दरौँदी ः नागरिक समाज संस्था तथा स्थानीय सरकारलाई मानब अधिकार तथ्याङ्क ब्यवस्थापन संम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । सोच नेपालको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा शुक्रवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले राज्यको तहगत फरक संरचना र अधिकारका कारण यकिन तथ्याङ्क पहिचान गर्न समस्या भएको बताए ।

‘हामीसँग तथ्याङ्क छ सोही अनुसार कार्ययोजना र कार्यक्रम बनेका छन् तर स्थानीय तहले दिएको तथ्याङ्क आधिकारी हुने ब्यवस्था हुनुपर्छ ।’ तथ्याङ्कले कार्यक्रम प्रभावकारी बनाउन सहज हुने उनले बताए ।

उपप्रमुख बिनाकुमारी श्रेष्ठले अत्यावश्यक तथ्याङ्क नगरपालिका सँग रहेका र सबैखाले तथ्याङ्क अझै अभिलेखिकरण भई नसकेको बताईन । साथै उनले तथ्याङ्क स्पष्ट हुने हो भने बजेट कार्यन्वयनमा पनि सहजता हुने बताईन ।

उक्त कार्यक्रममा अधिबक्ता एव नागरिक साझा सबालका संयोजक स्थानेश्वर दुवाडीले मानव अधिकार प्रर्वद्धनमा तथ्याङ्क र तथ्याङ्क ब्यवस्थापनको आवश्यकता तथा महत्व विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मानव अधिकारी सञ्जालका संयोजक यदु अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्