| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनी ४ को वडा कार्यालयद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा ४ वडा कार्यालयको आयोजनामा सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल संम्बत ११४२ को बिजयादशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

वडाध्यक्ष नेत्र बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कमिटीका सभापति बिष्णुबहादुर पन्त, कार्यपालिका सदस्य मिलन भुजेल, कार्यालय सचिव ममिता गुरुङ, नेपाली कांग्रेस तरुण दल आँबुखैरेनीका अध्यक्ष बिजय गुरुङ्ग, नेपाली कांग्रेस तरुण दल आँबुखैरेनीका सचिव जय गुरुङ्ग, वडा सदस्य टेक बहादुर थापा, वडा सदस्य लेप बहादुर आले, वडा सदस्य टकमाया दमै लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्