
छेवेटारमा निशुल्क स्वास्थ्य शिविर
लायन्स क्लव अफ चितवन रोयल मिड टाउनको सहयोग र पृथ्वी नारायण सामुदायिक हस्पिटल छेपेटारको आयोजनामा शनिवार निशुलक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा दुई सय १० जनाले सेवा लिएको पृथ्वी नारायण सामुदायिक हस्पिटलका प्रमुख राजन पाण्डेले जानकारी दिए ।
शिविरमा एक सय १० जनाले हाडजोर्नी जाँच र ९७ जनाले मधुमेह जाँच गरेका थिए । लायन्स क्लव अफ चितवन रोयल मिड टाउनका अध्यक्ष अनन्द बाबु पाण्डेको सभापतित्वमा भएको कार्यक्रमा पृथ्वीनारायण सामुदायिक हस्पिटलका अध्यक्ष सिताराम थापा मगरको प्रमुख आथित्यता रहेको थियो ।
गोरखाको छेवेटारमा संचालित पृथ्वीनारायण सामुदायिक हस्पिटलले हरेक वर्ष बिभिन्न संघ संस्था सँगको समन्वय र आफ्नै प्रयासमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।




