| सोमवार, कार्तिक २३, २०८३

गोरखाको वीरेञ्चोकमा लायन्स मोडल भिलेजको उद्घाटन

गोरखा नगरपालिका वडा नं. १० विरेनचोकस्थित तीनघरेमा लायन्स नमुना उद्यमी गाउँ (मोडल भिलेज) को उद्घाटन गरिएको छ । बुधबार गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले लायन्स मोडल भिलेजको उद्घाटन गरेका हुन् ।


कार्यक्रममा दश लाख बराबरको फलुफलका विभिन्न जातका विरुवाहरु, दुना टपरी बनाउने मेसिन, कुखुराको चल्ला, बंगुरको पाठा पाठी र हाते ट्याक्टर जस्ता सामाग्री हस्तान्तरण गरिएको लायन्स क्लव अफ गोरखाका श्यामबाबु श्रेष्ठले बताए ।

गरिबी निवारणलाई प्राथमिकतामा लिएर, रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर बनाउने उद्देश्यले सो लायन्स नमूना उद्यमी गाउँ बनाइएको कार्यक्रमका अध्यक्ष लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५बि १ नेपालका डिस्ट्रिक गर्भनर विश्वेश्वर आचार्यले बताए ।


कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश उर्जा जलास्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५बि१ नेपालका डिस्ट्रिक गर्भनर विश्वेश्वर आचार्य, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५बि२ नेपालका डिस्ट्रिक गर्भनर रामप्रसाद भट्टको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्