| सोमवार, कार्तिक २३, २०८३

चुम उपत्यकाबासीद्वारा सिडियोसित खाद्यान्न ढुवानी गरिदिन माग

लामो समयदेखि बाटो अवरुद्ध हुँदा खाद्यान्न लगायतका विभिन्न समस्या बेहोरिरहेका चुम उपत्यकाबासीले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटी खाद्य समस्या समाधानका लागि चामल ढुवानी गरिदिन अनुरोध गरेका छन् ।


चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रजिअ आचार्यसँग भेट गरी खाद्यान्न ढुवानी गरिदिन माग गरेका हुन् ।


केही दिनअघि हेलिकोप्टरबाट पाँच खेप चामल ढुवानी गरे पनि सो चामल २०÷२० किलोका दरले बाँड्दा अपुग हुन गएकाले थप चामल ढुवानी गरिदिनु पर्ने उनीहरुको अनुरोध थियो ।


साथै उनीहरुले ज्ञापन पत्र पेश गर्दै चुमुनुब्री ६ लोक्पाको पहिरोले लामो समयदेखि बाटो अवरुद्ध हुँदा आवतजावत ठप्प भएकाले सो बाटो खुलाइदिन पनि माग गरेका छन् ।

साथै दुई बर्षदेखि चीनसितको नाका बन्द हुँदा खाद्यान्न लगायतका समस्या भएकाले नाका खुलाइदिन पहल गरिदिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्