
गोरखाका ७ सहित गण्डकीमा जम्मा १०० जनामा कोरोना
मंगलबार गोरखाका सात जना सहित गण्डकीका १०० जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७६३ जनामा गरिएको नमुना परीक्षणमा थप १०० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४ जना, तनहुँका पाँच जना, लमजुङका एक जना र नवलपुरका १० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, स्याङ्गजाका १० जना, पर्वतका तीन जना, बागलुङका १३ जना, र म्याग्दी जिल्लाका सात जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आज आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १२४ जना कोरोनामुक्त भएका छन् ।
योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ६८२ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०३५ रहेको छ। गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७१ रहेको निर्देशनालयले जनाएको छ।




