| सोमवार, कार्तिक २३, २०८३

प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले विविध कार्यक्रमहरुको आयोजना गरेको छ । आइतबार र सोमबार जिल्ला प्रहरी कार्यालय गोरखा, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरी अधिकृत तथा जवानहरु सम्मिलित प्लेकार्ड सहितको ‘तपाईको मास्क खोई ?’ भन्ने जनचेतनामूलक ¥याली निकालिएको थियो । गोरखा नगरपालिका ६ हरमटारी चोकदेखि बसपार्क तथा नयाँबजारसम्म मास्क नलगाई अनावश्यक रुपमा हिडडुल गर्ने पैदल यात्री, व्यवसायी, मजदुर र सवारी चालक लगायत यात्रीहरुलाई कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न मास्कको महत्व बारेमा सम्झाई–बुझाई तिनसय जना व्यक्तिहरुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना सम्प्रेशण अधिकृत प्रकाश दाहालले बताए ।


त्यस्तै आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालको उपस्थितिमा ४७ जना प्रहरी कर्मचारीहरुले गोरखा नगरपालिका वडा नं. ६ स्थित रानीपोखरीको प्राङ्गण, मन्दिर तथा कुण्ड एरियामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।


सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखासंगको सहकार्यमा कार्यालयको परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ५५ जना प्रहरी कर्मचारीहरु, अन्य सुरक्षा निकायका कर्मचारी ४ जना र सर्व–साधारण २ जना गरी जम्मा ६१ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्