| सोमवार, कार्तिक २३, २०८३

चाडपर्वको बेला स्वास्थ्य सुरक्षाको संवेदनशील हुन गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले चाडपर्वको बेला स्वास्थ्य सुरक्षामा पनि संवेदनशिल हुन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सूचना जारी गर्दै सर्वसाधारणलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् ।

साबुन पानीले हात धुने, स्यानिटाईजरको प्रयोग गर्ने, स्वास्थ्य संम्बन्धी मापदण्ड पालना गर्न गराउन पनि प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।


भीडभाड नगर्ने, घरभित्रै मनाउने, मेला महोत्सव नगर्न पनि प्रजिअ आचार्यले जारी गरेको सुचनामा भनिएको छ । सार्वजनिक यातायातमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्न, चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउन, हरेक दिन निसंक्रमित गरेर मात्रै सवारी साधन चलाउन भनिएको छ ।


बैठक, गोष्ठी, सेमिनार भर्चुअल माध्यामबाट गर्न, भौतिक उपस्थितिमा कार्यक्रम भए स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, एउटा कोठामा २५ भन्दाबढि विद्यार्थी नराख्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।


होटल तथा पसलहरु बिहान ५ देखि ८ बजे सम्म खुल्न पाउने, बैंक तथा बित्तीय संस्थामा सेवा प्रवाहमा सामाजिक दुरी कायम गर्न प्रअिज आचार्यले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्