| सोमवार, कार्तिक २३, २०८३

घ्याल्चोकका युवा पोखरामा गाँजासहित पक्राउ

गोरखा घ्याल्चोकका एक युवा पोखराको मझुवाबाट गाँजासहित पक्राउ परेका छन् ।
गण्डकी गाउँपालिका ७ घ्याल्चोक बस्ने २६ वर्षीय मनोज रोका पोखरा महानगरपालिका ३२ मझुवाबाट १ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।


काठमाण्डौंबाट पोखरातर्फ जादै गरेको ग. २ ख १२९ नम्बरको सवारीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा रोकाको साथबाट उक्त परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।


पक्राउ परेको रोक्कालाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्