
गोरखाका सबै पालिकाका कृषि र पशु शाखाका कर्मचारीलाई तालिम सुरु
कृषि बिकास योजना तर्जुमा, तथ्याङ्क ब्यवस्थापन र किसान सुचिकरण संम्बन्धि तालिम गोरखामा सुरु भएको छ । मंगलवारदेखि सुरु भएको तालिममा ११ वटै पालिकाका कृषि र पशु शाखाका दुई÷दुई जना गरी २२ जना प्राविधिक सहभागी छन् ।
तीन दिनसम्म चल्ने उक्त तालिममा स्थानीय तहले कृषि र पशु तर्फ संचालन गर्ने कार्यक्रम छनौट, योजना तर्जुमा, समस्या पहिचान, समाधान, कार्यन्वयनको अवस्था लगायतका बारेमा अभिमुखिकरण गरिने कृषि बिकास रणनीति बिज्ञ मिनप्रसाद बुढाथोकीले बताए ।
स्थानीय तहको कृषि तथा पशु शाखामा नयाँ कर्मचारी रहेको र योजना छनौट, कार्यन्वयनमा अभ्यस्त नभएकाले योजना तर्जुमा र कार्यन्वयन प्रभाकारी बनाउन तालिमले मद्धत पुग्नेछ । तालिमको भुमि ब्यवस्था कृषि शहकारी मन्त्रालयका पशु बिकास अधिकृत डाक्टर सुनिल न्यौपाने,कृषि बिकास रणनीतिका डाक्टर बद्री बस्ताकोटी, रणनीति बिज्ञ मिनप्रसाद बुढाथोकी लगायतले सहजिकरण गरेका छन् ।
कृषि बिकास योजना तर्जुमा बारे तालिम बढी केन्द्रित हुनेछ । पालिका भित्रको किसानलाई अनलाईन सुचिकरण गर्ने र अनुदान ब्यवस्थापनलाई ब्यवस्थित गर्ने योजना अनुसार तालिम दिइएको मन्त्रालयले जनाएको छ । भुमि ब्यवस्था कृषि शहकारी मन्त्रालयको आयोजनामा तालिम भएको हो ।




