| सोमवार, कार्तिक २३, २०८३

गोरखाको पालुङटारमा पनि बजाज सोरुम

गोरखाको पालुङटार बजारमा बजाज मोटर साइकलको सोरुम संञ्चालनमा आएको छ । पालुङटार नगरपालिका ५ स्थित ठाँटीपोखरीमा द्रव्य ट्रेडर्सले सोरुम सञ्चालनमा ल्याएको हो ।

सोरुमको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंले उद्घाटन गरेका हुन् ।

द्रव्य ट्रेडर्सले अब पालुङटारबाटै बजाज कम्पनीका बिभिन्न मोडलका मोटरसाइकलहरु विक्रि गर्नुका साथै सर्भिसिङ्ग, मर्मत, पार्टस बिक्री गर्ने संञ्चालक किरन गिरीले बताए ।

ट्रेडर्सले गोरखा, तनहुँ, लमजुङ्ग लगायतका जिल्लाका बजाज मोटरसाइकल प्रयोगकर्तालाई सेवा दिने उदेश्य राखेको छ ।

मोटरसाइकल सोरुमको उद्घाटन गर्दै मेयर कडेंलले युवाहरु उद्यमशीलता तर्फ लाग्नु पर्ने र स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्