
पँदेललथोक टोल बिकास संस्थाको अध्यक्षमा मंगलबहादुर थापा चयन
पँदेललथोक टोल बिकास संस्थाको अध्यक्षमा मंगलबहादुर थापा चयन भएका छन् । शनिवार भएको १९ औँ अधिवेशनले १० सदस्यीय समिति चयन गरेको हो ।

समितिमा निर्वतमान अध्यक्ष रञ्जित कुँवर, उपाध्यक्ष राजकुमार कुसुले, सचिव देवकी श्रेष्ठ, कोषाध्यक्ष संजोग श्रेष्ठ र पाँच जना सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष मंगलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले टोल बिकास संस्थाहरुको माग अनुसार नगरपालिकाले सहयोग गर्दै आएको बताए ।
टोल बिकास समितिका निर्वतमान अध्यक्ष मंगलबहादुर थापाले सडक बत्तीको ब्यवस्था गरिदिन, पर्यटकीय स्थल भिमसेन पार्क, गोरखा दरबार सम्म जाने बाटो मर्मत गरिदिन, घरमाथिको हाईटेन्सन लाईन हटाईदिन माग गरेका छन् ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रामकुमार थापा मगर, संस्थाका सस्थापक अध्यक्ष रामशरण कट्टेल, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषाल, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, निर्वतमान कोषाध्यक्ष संजोग श्रेष्ठ लगायतले धारणा राखेका थिए ।
यो टोल बिकास संस्था २०५९ सालमा गठन भएको हो । २६ घरधुरीबाट सुरु भएको टोल बिकास संस्थामा अहिले ५० घरधुरी छन् । हरेक महिनाको पहिलो शनिवार सरसफाई कार्यक्रममा पनि टोलले संचालन गर्दै आएको छ । पहिले मासिक ५० रुपैयाँ बाट बचत सुरु गरेको संस्थाले अहिले दुई सय रुपैयाँ बचत गर्दै आएको छ ।
ऐतिहासिक गोरखा दरबार छेउमा रहेको पदेलथोक टोल बिकास संस्थालाई पर्यटक लक्षित गतिविधि संचालन गरेर आर्थिक र सामाजिक रुपमा सबल हुन पनि सहभागीले सुझाब दिएका थिए ।
टोल बिकास संस्थाले गत वर्ष २१ लाख ६१ हजार रुपैयाँ आम्दनी गरेको र १५ लाख भन्दाबढि लगानी गरेको जनाएको छ ।




