| सोमवार, कार्तिक २३, २०८३

दमौलीबाट पोखरा जादै गरेको बसमा आगजनी

 पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गुडिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ ।


दमौलीबाट पोखरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आगलागी भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसको व्याट्री सट भएर इन्जिनमा आगलागी भएको अनुमान प्रहरीको छ ।


प्रहरीका अनुसार बसमा आगलागी हुँदा यात्रुहरु एक छिन यात्रीहरुलाई समस्या भए पनि मानवीय क्षति भएको छैन । आगोलाई स्थानीय तथा प्रहरी मिलेर नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्