
रोटरी क्लव अफ गोरखाद्धारा गोरखा नगरपालिकालाई हाईजिन किट सहयोग
रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई एक सय थान हाईजिन किट सहयोग गरेको छ । सोमवार गोरखा नगरपालिकामा रोटरी क्लव गोरखाका अध्यक्ष बिशाल रानाले मेयर राजनराज पन्तलाई उक्त किट सहयोग गरेका हुन् ।
नगरपालिका भित्रका कोभिड संक्रमित, प्रभावितलाई सहयोग पुग्ने उद्देश्यले हाईजिन किट सहयोग गरेको रोटरी क्लवले जनाएको छ ।




