
गोरखामा १२५ जना कोरोना संक्रमित थपिए
गोरखामा एक सय २५ कोरोना संक्रमित थपिएका छन् । मंगलवार पिसिआरबाट ९६ र एन्टिजेनबाट २९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिकामा धेरै संक्रमित थपिएका छन् । पालुङटारमा सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ भने अन्यमा एक सय नाघेको छ ।
यी बाहेकका पालिकामा भने एक सय भन्दा कम संक्रमित छन् ।




