
दुबै मृगौला फेल भएकी बिकलाई अमेरिकाबाट प्राप्त कबिर ९ लाख कांग्रेस नेता पाण्डेद्धारा हस्तान्तरण
दुबै मृगौलामा खराबी भई उपचाररत गोरखाको बारपाक सुलिकोट गाउँपालिका ५ कि अनिता बिकलाई अमेरिकाबाट आठ लाख ८६ हजार आठ सय आठ रुपैयाँ सहयोग भएको छ । अमेरिकामा बस्ने नेपालीहरुले पठाएको उक्त रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले बिरामीको परिवारलाई प्रदान गरेका छन् ।
कृष्ण लामिछाने, अर्जुन देबकोटा, अञ्जना श्रेष्ठ, बिनोद भट्ट, हेमराज भट्ट, खाम भट्ट, विश्व भट्ट, जिवन गुरुङको पहलमा जुटेको उक्त सहयोग नेता पाण्डेले हस्तान्तरण गरेका हुन् । उक्त सहयोग प्रदान गर्दै कांग्रेस नेता पाण्डेले दुःखका बेला परदेशबाट यती ठुलो रकम सहयोग गर्नु मानविय धर्म भएको बताउँदै नेपालीको सहयोगी भावनाको प्रशंसा गरे । दुःख गरेर कमाएको पैसाबाट केही जोहो गरेर सहयोग पठाउने नेपालीहरुलाई उनले धन्यवाद दिए । पिडित परिवारले पनि उक्त रकम लिएसँगै खुसी ब्यक्त गरे । उपचारमा थप मद्धत पुग्ने भन्दै उनीहरु खुसी भएका छन् ।




