| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसीद्वारा छात्रवृत्ति प्रदान

तनहुँको आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख एवं लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष ऋषि केसीले जन्मदिनको अवसरमा विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
क्याम्पस प्रमुख केसीले आईतबार क्याम्पसमा बिबिएस प्रथम वर्षका सर्वोत्कृष्ट विद्यार्थी मेलिना भट्टलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
लायन्स क्लव अफ आँबुखैरेनी सिटिले आँबुखैरेनीमा गरेको एक कार्यक्रममा क्याम्पस प्रमुख केसीले छात्रवृत्ति स्वरुप नगद १० हजार १ सय रुपैयाँ विद्यार्थीलाई दिए ।


यसैबिच केहि दिन अघि पनि एक स्थानीयले जन्मदिनको अवसर पारेर क्याम्पसका दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष एवं लायन्स क्लव अफ अकलाका द्वितीय उपाध्यक्ष बिमला देवकोटाले हाल अमेरिका निवासी आफ्नो छोरा असिम देवकोटाको साउन २० गतेका दिन प्रथम वर्षका छात्रा इन्दु अधिकारी र तृतीय वर्षका छात्रा केमिका श्रेष्ठलाई जनही १० हजार ५ सय १० रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति रकम सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्