
गोरखा अस्पताललाई मोवाईल भेन्टिलेटर सहयोग
जनउद्धार केन्द्र मलेसियाको संयोजनमा ‘मातृभुमि बचाउ अभियान’ ले बिहिवार एक कार्यक्रमका बिच गोरखा अस्पताललार्य मोवाईल भेन्टिलेटर सहयोग गरेको छ । कोभिड संक्रमित बिरामीको उपचारमा सहज होस् भन्ने उद्देश्यले उक्त संस्थाले मेसिन सहयोग गरेको जनाएको छ ।
गोरखा नगरपालिका २ का वडा अध्यक्ष रहमतुल्ला मियाँको समन्वयमा उपलब्ध गराइएको उक्त सामग्री गोरखा नगरपालिका २ का शेरबहादुर श्रेष्ठले अस्पताल प्रमुख डाक्टर शान्ति भुर्तेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । उक्त मेसिनले बिजुली भएपछि जुन ठाउँमापनि गएर बिरामीलाई सेवा दिन सकिने खालको रहेको वडा अध्यक्ष मियाँले बताए ।




