| मङ्लबार, कार्तिक २४, २०८३

भिमसेन थापाको २४६ औँ जन्मजयन्ती मनाइयो

राष्ट्रिय विभूती भिमसेन थापाको २४६ औँ जन्मजयन्तीको अवसरमा शनिवार गोरखा नगरपालिका ४ भिमसेन पार्कमा कार्यक्रम गरिएको छ ।

वडा नम्बर ४ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले भिमसेन थापाको स्मृतीमा उनको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडा अध्यक्ष रामशरण अधिकारी, वडा सदस्यहरु, स्थानीय वृद्धिजिवी, समाजसेवी, जग्गादाता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्