| सोमवार, कार्तिक २३, २०८३

रेडक्रस ताङ्लीचोकलाई स्वास्थ्य सामग्री

नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी दुई थान अक्सिजन कन्सन्टूेटर, मास्क, ग्लोब्स, सेनिटाइजर र पिपिई हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी ताङ्लिचोक उपशाखाका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा शनिबार आयोजित एक कार्यक्रममा बीच नेपाली काङ्ग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेद्वारा सो सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाली काङ्ग्रेसका सल्लाहकार सदस्य तथा कर्मचारी युनियनका पूर्व अध्यक्ष परशुराम पन्तको पहलमा संकलन गरिएका ती सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष देउबहादुर गुरुङ, कृष्ण पन्त, काङ्ग्रेसका जिल्ला आमन्त्रित सदस्य भीमप्रसाद अर्याल, पत्रकार नरहरी न्यौपाने, श्याम लामिछानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्