| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सचेत तथा वुद्धिजीवि युवा सन्जाल गठन

गोरखामा सचेत तथा वुद्धिजीवि युवा सन्जाल गठन
गोरखामा सचेत तथा बुद्धिजीवि युवा सन्जाल गठन भएको छ । बालकृष्ण परियारको नेतृत्वमा सो सञ्जाल सर्वसम्मत रुपमा गठन भएको हो ।

‘सम्पुर्ण युवाहरुको आवाज छुवाछुत र बिभेद मुक्त समाज’, भन्ने मुल नाराका साथ शनिबार सम्पन्न भएको सचेत तथा वुद्धिजीवि युवाहरुको भेटघाट तथा छलफल कार्यक्रमबाट बालकृष्ण परियारको संयोजकत्वमा २२ सदस्यीय कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा गोमा कोईराला चयन भएकी छन् ।

भेलाले सात सदस्यी कार्यालय सन्चालक समिति चयन गरेको छ । जसमा रिजन बिक, रचन परियार, आशा उपरकोटी, रवीन गैरे, कृष्णबहादुर बिक, सुमन परियार र सुनिल बिक रहेका छन् ।
त्यस्तै अन्य सदस्यमा यम बसेल, राजेन्द्र सिर्मल, दिपेश बिक, राम बहादुर परियार, सुजन अछामी, अमृत बिक, सुरेश अच्छामी, अमृत कोईराला, सुहाना रोका, सन्दिप सुनार, सुदिप नगरकोटि, बिरबल माल बुल, मिलन सुनार सदस्य रहनुभएको छ्।

यस सन्जालको मुख्य उद्देश्य छुवाछुत र बिभेदमुक्त समाजको निर्माण गर्नु र जुनसुकै छुवाछुत र बिभेदको घट्नाको बिरुद्धमा सम्पुर्ण युवाहरु एकजुट भएर प्रतिबाद गर्नु रहेको सयोजक परियारले बताए ।
यसको सन्जाल बिस्तार र थप उद्देश्यहरु गोरखामा निशेधाज्ञा हटेपछि सबै क्षेत्र लाई समेटेर बृहत भेला गरि प्रष्ट पार्ने कुरा सहसंयोजक गोमा कोईरालाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्