
गोरखाका उत्तमबाबु श्रेष्ठ नास्टको विज्ञान पुरस्कारद्वारा सम्मानित
गोरखाका उत्तमबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) द्वारा प्रदान गरिने विज्ञान पुरस्कारद्वारा सम्मानित भएका छन् ।
ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सिप्लिनरी स्टडिजमा आवद्ध श्रेष्ठलाई नास्टले बिहिबार पुरस्कृति गरेको हो । नास्टले खोज, अनुसन्धान तथा विज्ञान प्रविधिका क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै श्रेष्ठ सहित १७ जनालाई पुरस्कृत गरेको जनाएको छ । बिभिन्न ११ विधामा श्रेष्ठसहित १७ जना पुरस्कृत भएका हुन् ।
नास्टले प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष(डब्लडब्लुएफ), कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । प्रविधि पुरस्कार टेकु अस्पतालका चिकित्सक शेरबहादुर पुनलाई दिइएको छ ।
पुरस्कृत सबैलाई बिहिबार एक कार्यक्रम बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।




