
बारपाक जाने सडक मान्द्रेमा यसरी भासियो
बालुवादेखि बारपाक जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । बालुवा बारपाक जोड्ने दरौँदी नदी माथिको पक्की पुल बाढीका कारण भत्किएको छ ।
बारपाक जाने सडकको मान्द्रे भन्ने ठाउँमा करिब ५० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । अहिले बारपाक देखि राङरुङ, बालुवा आउजाउ गर्न सक्ने अवस्था छैन ।
पुल र भासिएको सडक दुबै तत्काल मर्मत हुने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
तस्विर : जिल्ला प्रहरी कार्यालय गोरखा




