| बिहिबार, बैशाख ३०, २०८३

गोरखा सहित आसपासका जिल्लामा आज पनि वर्षात

जल तथा मौसम विज्ञान विभागका अनुसार गोरखा सहित आसपासका जिल्लामा आज पनि वर्षात हुने भएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्