
गोनपा ११ मा उत्कृष्ठ काम गर्ने ४० जनालाई सम्मान
गोरखा नगरपालिका वडा नम्बर ११ ले वडाका बिभिन्न क्षेत्रका उत्कृष्ठ काम गर्नेहरुलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच ब्यक्ति तथा समुहलाई वडा कार्यालयमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सम्मान गरेका हुन् ।
वडा कार्यालयले खेलाडी, असल बुहारी, समाजसेवी, मेलमिलापकर्ता, किसान, उपभोक्ता समिति, टोल समुह, जेष्ठ नागरिक लगायत गरी ४० जनालाई सम्मान गरेको हो । प्रमाण पत्र र दोशल्लाले सम्मान गरिएको थियो । असल काम गर्नेहरुबाट समुदायका अन्य ब्यक्तिलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।




