
तनहुँको भन्सारमा पहिरो खस्दा डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध
डुम्रे-बेशिसहर सडकखण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ। जिल्लाको भानु-१ भन्सार स्थित अँधेरीखाेला नजिकै पहिराे खस्दा सडक अवरुद्घ बनेकाे हो ।
ठूलाे पहिराे खसेकाले सडक खुलाउन ४/५ घण्टा लाग्ने अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रेका ट्राफिक प्रहरी कुमार बस्नेतले जानकारी दिए । अहिले जेसिबीले पहिरो हटाइरहेको छ ।




