| मङ्लबार, कार्तिक २४, २०८३

युवा जागरण अभियानद्वारा दलित र अपांगलाई राहत वितरण


युवा जागरण नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरका दलित समुदाय तथा अपांगता भएकाहरुलाई खाद्यान्न राहत वितरण गरेको छ ।


ग्लोबल पिस फाउण्डेशन काठमाडौं र इङ्गेज्ड नेपाल काठमाडौँ नामक दातृ निकायसँग समन्वय गरेर युवा जागरण अभियानले त्यहाँका ७५ घरधुरीलाई खाद्यान्न राहत वितरण गरेको हो ।


सो संस्थाले साबिक नारेश्वर गाविसको वडा नं. ४, ५, ६ र ७ का दलित असहाय, अपांगलाई चामल, दाल, नून, तेल वितरण गरेको हो । युवा जागरण अभियानका अध्यक्ष धिरन थापाले उनीहरुलाई भौतिक दुरी अपनाई प्रत्येक घरधुरीलाई एकेक बोरा चामल, दाल, नून र तेलको सेट मिलाएर वितरण गरेका हुन् ।


कोभिड महामारीले आर्थिक अबस्था कमजोर भएकाले राहत वितरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्