| आइतवार, कार्तिक २२, २०८३

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

डा.ढकाल विगत ३० वर्षदेखि प्राध्यपन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आएका छन् । (एडमिनीस्ट्रेटिभ साइन्स) विषयमा विद्या वारिधि गरेका उनी साविक कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्