| आइतवार, कार्तिक २२, २०८३

वडा सदस्य केसीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामाग्री

वडा सदस्य दिनेश के सीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

अन्य मुलुकबाट स्वास्थ्य मन्त्रालयको लागि अनुदानमा प्राप्त विभिन्न स्वास्थ्य सामाग्री वडा नं. ३ का वडा सदस्य केसीको पहल तथा नेपाल तरुण दल आँबुखैरेनी इकाईका अध्यक्ष बिजय गुरुङ, उपाध्यक्ष दिपेन्द्र अधिकारी, अम्मर सोति, शंकर पौडेल, आनन्द राज त्रिपाटि, गणेश बगाले लगाएतको उपस्थितिमा गाउँपालिका अध्यक्ष गिर बहादुर थापालाई साे स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री अन्तर्गत boot ५ थान,पिपिई ५ थान, फेस शिल्ड २५ थान, अक्सिमीटर २ थान, एन्टिजेन ५० , भिटिएम ५००,सिलिन्डर २ थान, सर्जिकल मास्क ५०० र थर्मल गन १ थान हस्तान्तरण गरिएको स्वास्थ्य शाखा सहायक प्रमोद शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्