
शहीदलखनमा तीन सय ६० जनाले कोरोना खोप लगाए
गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार र बुधवार तीन सय ६० जनाले भेरोसिल खोप लगाएका छन् ।
मंगलवार र बुधवार ६२ देखि ६४ वर्ष उमेर समुहका मानिसलाई खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
६० देखि ६४ वर्ष उमेरका एक हजार एक सय ५३ जना पालिका भित्र रहेको र खोप भने तीन सय ६० मात्रै आएकाले ६२ देखि ६४ वर्ष उमेरका मानिसलाई मात्र खोप लगाइएको उनले बताए । यस अघिको अभियानमा छुटेका ६५ वर्ष उमेर माथिका मात्रै उक्त गाउँपालिकामा एक हजार पाँच सय ५४ जना रहेका छन् ।
पहिले छुटेकालाई अहिले खोप लगाइएको छैन । अहिले ६२ देखि ६४ वर्ष उमेरकालाई खोप लगाउन निर्देशन भएकाले सोही अनुसार लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।




