| आइतवार, कार्तिक २२, २०८३

गम्बाङका छ जनाको नमूना परीक्षण गरिएकोमा सबै पोजेटिभ

दरौँदी : बारपाक सुलीकोट गाउँपालिका ३ गम्बङमा छ जनामा नमूनापरीक्षण गर्दा छ जनामै कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
जम्मा दस घरधुरी रहेको गम्बाङमा छ जना बिरामी भएपछि गाउँलेहरु त्रसित भएका स्थानीय शिक्षिका सलिना गुरुङले जानकारी दिइन् । उनीहरुलाई होम आइसोलेशनमा राखेर स्वास्थ्य लाभ गराइएको छ । परीक्षण गराएजति सबैमा पोजेटिभ आएपछि गाउँमा कोरोना संक्रमणको दर बढि हुनसक्ने भन्दै गाउँले त्रसित रहेका उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्